पोखरा महोत्सवलाई आदर्श समाजको साथ

पाेखरा | पुस १०, २०८०

पोखरा महोत्सवलाई आदर्श समाजको साथ

पोखरा:   रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ ।  

 

आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको हो ।

 

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा रही सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

 

यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काम मार्फत अग्रणी स्थानमा रहेको यूनाइटेड क्लब संग सहकार्य गरेर आगाडी वढ्दा आदर्श समाजलाई समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

 

यूनाइटेड क्लबका अध्यक्ष तथा बाह्रौँ पोखरा मुल समारोह समितिका संयोजक राजु श्रेष्ठले आदर्श समाजले महोत्सवको स्थापना कालदेखीनै सहयोग गरिरहेको र बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि आयोजना गरिने भएकाले सम्पूर्णको साथ र सहयोग रहनेमा आफु कटिवद्ध रहेको बताए ।

 

बाह्रौँ संस्करणको पोखरा महोत्सवमा आदर्श समाज राष्ट्रिय दैनिक संगै अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजनले सहकार्य गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

महोत्सवको टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्